अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

 देशभर थपिए ५३ जना कोरोना संक्रमित

बिआरटीनेपाल २०७९ असोज १० गते ६:१३ मा प्रकाशित

 देशभर पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो ।८ सय २५ जनाको पीसीआर र १ हजार ७ सय ९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ८४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार १ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू