अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक

बिआरटीनेपाल २०७९ भदौ १६ गते ६:०४ मा प्रकाशित

आगामी कार्तिक ४ गते रिलिज हुने चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।दीपेन्द्र के खनाल निर्देशित चलचित्रको फिल्मको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा देखिएका छन् । एक पोस्टरमा विपिनले चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ भने दोस्रो पोस्टरमा टाई, कोट र कालो चस्मामा ठाटिएका दयाहाङले आकाश तिर हेरेका छन् ।

साथै तेस्रो पोस्टरमा वर्षालाई खुसि बनाउन विपिनले लालपुर्जा देखाइरहेको दृश्य रहेको छ । पृष्ठभुमिमा सुरक्षा र रविन्द्र हर्षित मुद्रामा देखिएका छन् ।महेश दवाडीको पटकथा र संवाद रहेको यस चलचित्रमा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री बाल कलाकार आयुशी ढकालको पनि अभिनय रहेको छ ।

सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काले सम्पादन गरो छन् । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन उक्त चलभित्रका निर्माता रहेका छन् ।

प्रतिक्रिया