अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

बिआरटीनेपाल २०७९ साउन ३१ गते ६:१० मा प्रकाशित

काठमाडौंबाट फोहोर बोकेर बञ्चरे डाँडामा गएका ट्रकलाई स्थानीयले रोकेका छन् ।

स्थानीयले फोहोरका ट्रकलाई रोकेर ढंगामुढा गर्नथालेपछि प्रहरीले हवाइ फायर गर्नुपरेको छ ।फोहोर बोकेर गएका ट्रकलाई अघि स्थानीयले अघि बढ्न नदिएपछि त्यहाँ प्रहरी र स्थानीयबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गर्नुपरेको प्रहरी परिसर काठमाडौले जनाएको छ । तनाव भएसँगै फोहोर बिसर्जनको काम रोकिएको छ । बञ्चरे डाँडामा काठमाडौं र नुवाकोटबाट प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले हवाई फायर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू