अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

फिल्म ‘बाबरी’को रिलिज मिति परिर्वतन

बिआरटीनेपाल २०७९ साउन २९ गते ५:३७ मा प्रकाशित

सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘बाबरी’ को रिलिज मिति परिर्वतन भएको छ ।आगामी भदौ ३१ गतेलाई रिलिज मिति तोकिएको यो फिल्म दुई साता पछाडि सरेको छ । फिल्म निर्माण टीमले दशैंलाई लक्षित गदै असोज १४ गते फिल्म रिलिज गर्ने भएका छन् ।

धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर फिल्मको मुख्य भूमिकामा रहेका छन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्ममा धीरजजद्वय र अदितिका अलवा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

बाबरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर साउन ३० गते रिलिज हुने छ । कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईँ, अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा एञ्जिला खत्री र विक्रम लामाले कोरियोग्राफी गरेका छन् । फिल्ममा निर्देशक पौडेलकै कथा र सम्पादन रहेको छ भने फिल्मका निर्माता गणेश बुढाथोकी र पुष्षलता बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया