अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

देशभर थप २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ साउन २८ गते ४:१८ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६५ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ३ सय ९९ जनाको पीसीआर र १ हजार ७ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ५ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू