अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

देशभर थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ साउन २७ गते ८:१६ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार २ सय ९० जनाको पीसीआर र २ हजार ४ सय २२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ५ सय ११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ७ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू