अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा : मन्त्री गहतराज

बिआरटीनेपाल २०७९ साउन २७ गते ७:५६ मा प्रकाशित

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ ।मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताउनु भएको हो ।

उहाँले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनको लागि रगत बगाउनु पर्ने अवस्था नभएको बताउनुभयो । मन्त्री गहतराजले अब युवाहरुको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनु भएको बताउनुभयो ।

मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताउनुभयो । उहाँले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्वगर्दै युवाहरुले समृद्धको चरण पार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू