अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

डा. भट्टराईलाई समाजवादी केन्द्रको नेतृत्व गर्न प्रस्ताव

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:३४ मा प्रकाशित

नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य युवराज सफलले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई समाजवादी केन्द्रको नेतृत्व गर्न प्रस्ताव गर्नुभएको छ ।सिंहदरबारस्थित नेपाल समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा भएको भेटमा सफलले समाजवादी केन्द्रको नेतृत्व गर्न प्रस्ताव गर्नुभएको हो ।

जवाफमा डा. भट्टराईले आफ्नो पार्टी भर्खरै पुनर्गठन भएकोले आ–आफ्नै पार्टी दर्ता गरेर जाने बताउनुभयो । भविष्यका कुनै पनि अवस्थामा गठबन्धन गर्नसकिने धारणा उहाँले राख्नुभएको सफलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटमा वर्तमान राजनीतिक अवस्था, समाजवादी केन्द्रको गठन, चुनावी तालमेल र गठबन्धनको विषयमा कुराकानी भएको थियो । समाजवादी आन्दोलनमा सँगै जानेबारेमा समेत दुई नेताबीच छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू