अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

पछिल्लो २४ घण्टामा थपिए ९३४ नयाँ कोरोना संक्रमित, थप १ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ साउन २३ गते ८:०० मा प्रकाशित

पछिल्लो २४ घण्टामा मुलुकभर ९ सय ३४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार कूल ४ हजार ६ सय ८२ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार २ हजार ८ सय ६२ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९८ र २ हजार ४ सय ८९ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।  संक्रिय संक्रमितमध्ये ५ हजार ५ सय ९ जना होम आइसोलसनमा, १ सय ७७ जना संस्थागत आइसोलेसन, ४७ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू