अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेट

बिआरटीनेपाल २०७९ साउन २० गते ७:११ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटगर्नुभएको छ ।गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको हो । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताउनुभयो । उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो ।

अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाँणले बताउनुभयो । भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुशी व्यक्त गरेको राजदूत यान्छीले बताउनुभयो । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू