अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

नेपालकाे हवाई क्षेत्र छिटै ईयूकाे कालाेसूचीबाट हट्छ : मन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०७९ साउन १५ गते ९:०६ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियन (ईयू) ले नेपालको हवाई क्षेत्रलाई छिटै कालोसूचीबाट हटाउने बताउनुभएको छ । आज आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’ मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई ईयूले कालोसूचीबाट हटाउने बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ईयूकाे कालाेसूचीबाट नेपाललाई हटाउनुपर्छ भनेर सम्बन्धित निकायहरूसँग कुराकानी भइरहेकाे हाे । आईकाओले अडिट गरेको अवस्थामा हामीले राम्रो अङ्क पाएका छौँ । आईकाओले हामी सहकार्य गर्न चाहन्छौँ भनेकाे छ । क्यान महानिर्देशकलाई सम्बाेधन गरेर पत्र पठाउने भनेकाे छ । ईयूबाट अनसाइट अडिट भइसकेपछि हामी कालाेसूचीबाट हट्छौँ र युराेपमा उडान गर्नसक्ने स्थिति बनंछ भन्ने मलाई लाग्छ ।’

मन्त्री श्रेष्ठले भैरहवा विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरिने बताउनुभयो । त्यसका लागि नयाँ विमानहरूलाई आकर्षित गर्ने र सुविधाहरू दिइने उहाँको भनाइ छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरू बढाएर पूर्णरूपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले विमानस्थललाई समृद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू