अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बिआरटीनेपाल २०७९ असार २१ गते ८:१० मा प्रकाशित

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू