अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

अब परिवर्तनका लागि आन्दाेलन गर्नु पर्दैन : सुवास नेम्वाङ

बिआरटीनेपाल २०७९ असार १७ गते ७:५७ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनका लागि आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै जुनकुनै परिवर्तन गर्नसक्ने बताउनुभएको हो । उहाँले संविधान जारी भएसँगै देशको शक्तिको रूपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताउनुभयो ।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘हामीले ६ वर्षकै बीचमा सर्वसम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएका छौँ । अब परिवर्तनका लागि आन्दोलन गर्नु पर्दैन । जनताको मन जित्नुस्, जनताको आशीर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ । जनता त्यति अधिकार सम्पन्न भइसके । व्यक्ति मन पर्दैन, व्यक्ति परिवर्तन गर्नुहोस्, पार्टी मन पर्दैन नयाँ पार्टी बनाउनुस् । जनतालाई सुख दिनका लागि, जनताको उन्नतिका लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक छ ।’ उपाध्यक्ष नेम्वाङले देश र राजनीतिक दल पनि संविधानअनुसार नै चल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू