अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

रविनको स्वर, शङ्करको सङ्गीत, आर्यन सिग्देल र रुबिना थापाको अभिनयमा ‘मेरी सानी’ सार्वजनिक ( भिडियो )

बिआरटीनेपाल २०७९ जेठ २० गते ११:१३ मा प्रकाशित

काठमाडौँ – नायक आर्यन सिग्देल र मोडल रुबिना थापाबिचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मेरी सानी’ सार्वजनिक भएको छ । यस गीतमा गायक रविन लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ । गीतकार डी.पी खनाल र सदु खनालको शब्द रहेको गीतमा शङ्कर थापा ‘स्माइल’को सङ्गीत र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।

नेपाली चलचित्र क्षेत्रका अब्बल छांयाकार सौरभ लामा को छांयाकन तथा निर्देशन रहेको छ । म्युजिक भिडियोमा अर्जुन जिसीको सम्पादन तथा रेनिश फागोको रङ्ग संयोजन रहेको छ । नेपाली लोक पप शैलीमा बनेको यस गीतको भिडियोमा सहरको एउटा प्रतिष्ठित मोटर कम्पनीका जागिरेले गाउँमा रहेकी आफ्नी सानीलाई सम्झिँदै गायकको गीत भित्र हराउँदै परिकल्पना गरेको सुन्दर र हृदय स्पर्शी कथा समेटिएको छ । भिडियो ‘डस म्युजिक’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो लिंक:

प्रतिक्रिया