अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

लोकगायक नवीन पौडेलसँगै स्काई दरबारमा नाचे दर्शक

बिआरटीनेपाल २०७९ जेठ १४ गते ८:०५ मा प्रकाशित

काठमाडौँ । चर्चित लोकगायक नवीन पौडेलले राजधानीवासी नचाएका छन् । शुक्रवार साँझ स्काई दरबार क्याफेमा आयोजित एक साङ्गीतिक कार्यक्रममा उनले आफ्ना चर्चित गीत सङ्गीतबाट दर्शक नचाएका हुन् ।

सिंहदरबार मुलगेट अगाडि (बग्गिखाना ट्रायल दिने स्थान) मा शुक्रबारसाँझबाट सञ्चालनमा आएको ‘स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ‘मन परेरै हो’, ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न मत त्यो घर’, ‘फुलेको तोरीलाई’ लगायत गीत प्रस्तुत गर्दा दशक झुमेर नाचेका थिए । करिब डेढ घण्टा चलेको कार्यक्रममा हास्य कलाकार एवं जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ ले कमेडी तथा जादुका विभिन्न प्रस्तुति मार्फत दर्शक हँसाए । अभिनेता आमेस भण्डारी, अभिनेत्री खुसबु खड्का, गायिका एन्जिला रेग्मी, डा. घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रवीन्द्र खड्का लगायतको कार्यक्रमका सहभागिता रहेको थियो ।

‘स्काई दरबार क्याफे’ सुभाष खड्काले सञ्चालनमा ल्याएका हुन् । प्रति परिकार एक सय रुपैयाँ दिने सुविधा सहित क्याफे सञ्चालनमा आएको हो ।  ‘क्याफेमा एक सय परिकारका आइटम छन् । ती सबै सय रुपैयाँका दरले खान पाइने संचालनक खड्काले बताए । ‘आफूले नाफाका लागि भन्दा पनि सेवाका लागि क्याफे सञ्चालनमा ल्याएको उनले जानकारी दिने । क्याफेसँगै तीन हजार क्षमताको स्काई दरबार ब्याङ्केट समेत रहेको छ । जुन खड्काले केही अगाडि सञ्चालनमा ल्याएका हुन् । खड्काले स्काईको नाममा विभिन्न स्थानमा क्याफे तथा ब्याङ्केट समेत ल्याइसकेका छन् । गायक पौडेलको नयाँ गीत ‘मनरेरै हो मनपरेरै हो’ शनिवार सार्वजनिक भएको छ ।

प्रतिक्रिया