अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

काठमाण्डौको मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताको जित सुनिश्चित

बिआरटीनेपाल २०७९ जेठ ११ गते ८:०० मा प्रकाशित

काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ’बालेन’ र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उहाँहरुको जीत सुनिश्चित भएको हो ।

बालेन र सुनिता दुवैको आ–आफ्ना निकटतम प्रतिस्पर्धीसँगको मतान्तर गणना गर्न बाँकी मतभन्दा धेरै भएकाले जित निश्चित भएको हो । यो समाचार तयार पार्दासम्म महानगरको १ लाख ७१ हजार ८ सय २ मत गणना भइसकेको छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा २० हजार भन्दा बढी मतको अग्रता बनाउनुभएको छ । साहले ५५ हजार ७ सय ४७ मत प्राप्त गर्नु भएको छ । गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३ सय ७१ र एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६ सय २६ मत पाउनु भएको छ ।

यस्तै उपमेयरमा सुनिता डंगोलले ६० हजार ६ सय ७५ मत ल्याउनु भएको छ । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू