अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

प्रहरीको अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:१३ मा प्रकाशित

गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नाम सिफारिस गरेको छ ।

मन्त्रालयको आज बसेको बढुवा समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सोही समूहतर्फका पाँच जना प्रहरी नायब महानिरीक्षकको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस हुनेहरूमा उत्तमराज सुवेदी, अरुण कुमार बि.सी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू