अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

पोखरामा धनराज २ हजार मतले अघि

बिआरटीनेपाल २०७९ जेठ ४ गते ८:०८ मा प्रकाशित

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्य २ हजार मतले अघि रहनुभएको छ । महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ४१ हजार ४ सय २३ मत गन्दा आचार्यले १७ हजार २ सय ४२ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले १५ हजार २ सय २१ मत पाउनुभएको छ ।

उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले १७ हजार ४ सय ४३ मत पाउँदा एमालेकी रञ्जुदेवी गुरुङले १७ हजार ३ सय ४१ भोट प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू