अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

चुनाव जितेको खुशी मनाउँदा सिद्धार्थनगरमा गाडी दुर्घटना, २४ जना घाइते

बिआरटीनेपाल २०७९ जेठ ४ गते ८:०५ मा प्रकाशित

रुपन्देहीको सिद्धार्थनगरमा चुनाव जितेपछि निकालिएको विजय जुलुसको गाडी दुर्घटनामा परेको छ। सिद्धार्थनगर नगरपालिका वडा नं। १० भैरहवामा एमाले विजयी भएपछि निकालेको गाडी दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये सिद्धार्थनगर नगरपालिका–१० का ३५ वर्षीय बुद्ध कुमार मुराउ, ५५ वर्षीय लक्ष्मण पासी, ६० वर्षीय हाँसी राजी लोनीया, २२ वर्षीय बुद्धिराम केवट, १४ वर्षीय राजीव केवट र १६ वर्षीय शैलेश हरिजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताउनुभयो ।

मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको लु १ ख ८०७८ नम्बरको मिनि ट्रक सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो। सिद्धार्थनगर–१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू