अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

पाठ्यपुस्तक छपाईमा सरकारको ढिलासुस्ती र हेलचक्राँइ

बिआरटीनेपाल २०७९ जेठ ४ गते ८:०२ मा प्रकाशित

सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचक्राँइले देशभरका माध्यामिक तहमा अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।जेठ ५ गतेबाट शैक्षिक सत्र सुरु हुने भनेपनि पाठ्यपुस्तक छपाई र वितरण अवरुद्ध छ । सरकारले कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक लागू गरेको छ । तर पाठयक्रम परिवर्तन गरिएका पुस्तक छपाईमा ढिलाई हुँदा विद्यार्थी र शिक्षक अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलमा छन् ।

स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरु बताउँछन् । अबका ३ महिनासम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको उनीहरुको बुझाइ छ ।सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाईमा हेलचक्राँइ गरेको शैक्षिक क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू