अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

देशभर थप ६ जनामा कोरोना सङ्क्रमण, ८ जना स्वस्थ 

बिआरटीनेपाल २०७९ जेठ ४ गते ७:५८ मा प्रकाशित

देशभर गप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ४ सय ७३ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार ८ सय ५६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ६ र ६ सय १७ एन्टीजेन परीक्षण गर्दा शून्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७९ हजार २८ र एन्टिजेन विधिबाट १ लाख ४० हजार २ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा गत २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने गत २४ घन्टामा ३५ हजार ८ सय ५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ८ जना स्वस्थ भएका छन् ।

योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ९ सय २१ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ४७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू