अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

भरतपुरमा फेरि रेणुको अग्रता

बिआरटीनेपाल २०७९ जेठ २ गते ७:३१ मा प्रकाशित

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले पुन: अग्रता बढाउनुभएको छ । उहाँले ५०३९ मत ल्याउँदा एमालेका विजय सुवेदीको ५०२७ मत रहेको छ । दुईजनाबीच १२ मतको अन्तर छ ।

अहिलेसम्म १५०३१ मत गनिसकिएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत ल्याउनुभएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६०४३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङ ४०४२ मत ल्याएर पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया