अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

जुम्लामा भोट नहालेको भन्दै बन्धक बनाइ कुटपिट, घाइतेलाई अस्पताल पुर्‍याइयाे

बिआरटीनेपाल २०७९ जेठ १ गते ६:१६ मा प्रकाशित

जुम्लामा भोट नहालेको भन्दै वडाध्यक्षका उम्मेदवारले दुई जनालाई कुटपिट गरेका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ८  नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुपबहादुर रोकायाले भोट नहालेको र धोका दिएको भन्दै त्यही वडाका कुमार बिक्रम शाही र कमल बोहरालाई कुटपिट गरेका छन् । वडाध्यक्षका उम्मेदवार रोकाया सहितले कुटपिट गरेर चन्दननाथ ८ कोटिला गाउँ निवासी स्थानीय कुमार शाही घाइते भई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । वडाध्यक्षका उम्मेदवार रोकायाले आफूलाई उनका भाइ कृष्ण रोकाया, त्यही वडाका वसन्त धराला, देवि धराला, बिर्ख रोकाया सहितका व्यक्तिले सामूहिक रुपमा कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

वडाध्यक्ष उम्मेदवार रोकायाले फोन गरेर काम छ भन्दै आफू सहित चार जना लिएर उमगाडमा कुटपिट गरेका र पछि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामूहिक रुपमा कुटपिट गरेका भन्दै प्रहरीमा उजुरी परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार घाइते कुमार विक्रम शाहीलाई उपचारकाे लागि अस्पतालमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू