अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:२२ मा प्रकाशित

वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।श्रेष्ठको ७२औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् ।

बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गर्नुभएको हो ।

गीतकार तथा सङ्गीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ’एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक गर्नुभएको हो । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू