अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 09:38

एमसीसी खारेजीको माग गर्दै ६ दल र दुई मोर्चाको संयुक्त प्रदर्शन

बिआरटीनेपाल २०७८ माघ २६ गते ६:०२ मा प्रकाशित

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन् ।एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालेका हुन् । र्‍याली नयाँबानेश्वरस्थित संसद भवन नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।

यसअघि उनीहरूले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए ।प्रदर्शन गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी ९माओवादी०, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।

यस्तै, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले पनि विरोधसभा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू