अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

कर्णाली प्रदेशकाे मन्त्रिपरिषद आइतवार विस्तार हुँदै

बिआरटीनेपाल २०७८ माघ २२ गते ६:२१ मा प्रकाशित

कर्णाली प्रदेशमा तीन महिनापछि भोलि (आइतवार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । कातिक १६ मा सपथग्रहण गर्नुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

विस्तारित मन्त्रिपरिषदमा माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्न लाग्नुभएकाे बताइएकाे छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू