अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१
| Colorodo: 17:36
स्याङ्जाको बिरुवामा भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । बिरुवा गाँउपालिका–३ धोवादीमा ग १ झ ५९३९ नम्बरको जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको हो । बिरुवा बजारबाट धवादीतर्फ गएको जीप हिजो रातिदेखि सम्पर्क विहीन थियो । आज बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर जीपचालक बिरुवा गाउँपालिका–३ का २६ वर्षीय काबेलबहादुर थापा र सहचालक ३२ वर्षीय काभेशबहादुर थापाको ज्यान गएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे छ ।