अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

देशभर मनाइयो सोनाम ल्होसार

बिआरटीनेपाल २०७८ माघ १९ गते ७:२२ मा प्रकाशित

तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बुधबार) देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होसार पर्व मनाएका हुन् । गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होसारको रौनकता छाउने भएपनि यसवर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै साँस्कृतिक कार्यक्रम हुन सकेन । गत वर्षहरुमा ल्होसारको रौनक फरक भएपनि यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम गरिएन ।

कोरोना भाइरसका कारण यस वर्ष घरमा पनि मानिसहरु भेला भएर राम्रोसँग मनाउन नपाएको बताइन्छ । साँस्कृतिक कार्यक्रम गर्नैपर्छ भन्ने नभए पनि सधैँ गरिरहेको तर यसवर्ष नहुँदा रमाइलो नलागेको सरोकारालाको भनाइ छ । सरकारले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा समेत दिएको थियो । ।

प्रतिक्रिया