अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३
| Colorodo: 11:08
डाक्टर गोविन्द केसीले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पूरक निवेदन दिनुभएको छ । प्रधानन्यायाधीश जबराको भाइ प्रभु शम्शेर जबराको नाममा अवैध स्रोतको आम्दानीले थप ३० करोडको घरजग्गा खरिद गरेको भन्दै डा। केसीले विभागमा पुरक निवेदन दिनुभएको हो ।
निवेदनमा प्रभुका नाममा २०७६ मंसिर २४ गते ठमेलमा ८ आना घरजग्गा र २०७९ असोज २० गते गोठाटारमा साढे तीन रोपनी जग्गा खरिद गरेको उल्लेख छ । डा. केसीले गत मंसिर ११ गते जबराको परिवार तथा आफन्तको सम्पत्ति छानविनको माग गर्दै विभागमा निवेदन दर्ता गराउनुभएको थियो ।
आयोगले अनुसन्धान अधिकृत नै तोकेर जबराको परिवार तथा आफन्तका नाममा रहेको सम्पत्ति छानविन सुरु गरिसकेको जनाएको छ ।