अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

नेपालमा थप २३ लाख ४० हजार मोर्डना खोप आउँदै

बिआरटीनेपाल २०७८ माघ १७ गते ६:३९ मा प्रकाशित

नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विश्व बैंकको ऋण सहयोगमा सोमबार र मंगलबार गरी २३ लाख ४० हजार मात्रा मोर्डना खोप आउन लागेको हो ।

मन्त्रालयका अनुसार सोमबार साँझ साढे ७ बजे ११ लाख ७० हजार मात्रा खोप आउँदैछ भने मंगलबार बिहान ९ बजे पनि सोही संख्यामा खोप आउने स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू