अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८
| Colorodo: 07:43
राष्ट्रियसभाको बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै उक्त बैठक स्थगनबारे जानाकारी गराउनुभएकाे छ । विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।