अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

५ हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाङ्कन गरेर नेपाली युवाद्धारा विश्व रेकर्ड

बिआरटीनेपाल २०७८ माघ १४ गते ७:५० मा प्रकाशित

पाँच नेपाली युवाहरुले ५ हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर विश्व रेकर्ड कायम गरेका छन् । पत्रकारिता र कलाकारितामा रहेका युवाहरूले गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्डले स्वीकृत गरेर गिनिज बुकमा रेकर्ड दर्ता गराएको छ । सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो) मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको हो ।

‘सुन्दर हिमाल’ बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे)ले लेख्नुभएको हो भने गीतमा डिआर अटुको सङ्गीत र टेक नाछिरिङको स्वर रहेको छ । कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ (गजरकोटे) ले साथ दिनुभएको छ । स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाउनुभएको छ । रेकडिस्टको भूमिका शिखरजंग श्रेष्ठ ९गजरकोटे० ले निर्वाह गर्नुभएको छ । खारेमै छायाङ्कन गरिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे) ले गर्नुभएको छ ।

गीत रेकर्डिङ र भिडियो छायाङ्कनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो । गिनिज बुकको मान्यतासँगै यसअघि ुहाइएस्ट अल्टिच्युड म्युजिक भिडियो अन ल्यान्डु शीर्षकमा नेपाली युवाहरू सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको कीर्तिमान भङ्ग भएको छ ।

प्रतिक्रिया