अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

नेपालमा कोरोना खोप अभियानको एक वर्ष पूरा

बिआरटीनेपाल २०७८ माघ १४ गते ७:३२ मा प्रकाशित

सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको एक वर्ष पूरा भएको छ । खोप अभियान सुुरु भएसँगै हालसम्म ३ करोड ४ लाख ७५ हजार ५ सय ८९ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म एक मात्रा खोप लगाएकाको संख्या एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ छ भने एक करोड ३७ लाख ३४ हजार ३ सय ९० जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै अतिरिक्त खोप लगाउनेको संख्या २ लाख ८२ हजार ७ सय २४ पुगेको छ । कुल जनसंख्यामा एक मात्रा लगाउनेको ५४ दशमलव २ र पूर्ण मात्रा लगाउने ४५ दशमलव २ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।लक्षित जनसंख्यामा एक मात्रा लगाउने ८२ दशमलव ६ र पूर्ण मात्रा लगाउने ६८ दशमलव ९ प्रतिशत रहेका छन् । हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ ।

१ वर्षदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान छिटै सुरु गरिने मन्त्रालयले जनाएको छ । नेपालमा २०७७ माघ १४ देखि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । कोरोना विरुद्धको पहिलो पटक भित्रिएको कोभिसिल्ड खोप लगाएर सरकारले खोप अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू