अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

राजस्व छली मुद्दामा जेल परेका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न सर्वाेच्चकाे आदेश

बिआरटीनेपाल २०७८ माघ १४ गते ७:१८ मा प्रकाशित

राजस्व छली मुद्दामा जेल परेका उमाशंकर रायभरलाई सर्वोच्च अदालतले  २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

उच्च अदालत पाटनले २०७७ साल फागुन १७ मा ७५ लाख रुपैयाँ धरौटी माग गरेकोमा त्यो बुझाउन नसकेपछि रायभर थुनामा परेका थिए । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले रायभरसँग ७५ लाख रुपैयाँ धरौटी माग गर्ने उच्च अदालत पाटनको आदेश बदर गरी २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

रायभरले नागरिकता प्रमाणपत्रको दुरुपयोग गरी आफ्ना नाममा विभिन्न कम्पनी खोली त्यसबाट राजस्व छली गरेका थिए । त्यही प्रकरणमा उनीमाथि २८ करोड रुपैयाँ राजस्व छली गरेको अभियोमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू