अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

निर्दोष फसाउन प्रहरीलाई लागूऔषध दुरुपयोग गर्न नदिन सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७८ माघ १३ गते ७:३० मा प्रकाशित

सर्वोच्च अदालतले निर्दोष व्यक्तिलाई फसाउन प्रयोग हुने लागू औषधबारे अनुसन्धान गर्न आदेश दिएको छ।दुई भारतीय नागरिकलाई प्रहरीले नौ वर्ष अघि पोखरामा लगाएको लागू औषध सम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्चले तुरुन्तै नष्ट गर्नुपर्ने त्यस्ता वस्तु प्रहरीले कहाँबाट प्राप्त गर्छन् भन्ने छानबिन गर्न र त्यस्ता प्रवृत्ति दोहारिन नदिन नेपाल प्रहरीलाई निर्देशनात्मक आदेश दिएको हो।

गत कात्तिक ४ गते न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदी सुवेदीको इजलासले फैसला गरेर हालसालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा लागू औषध सम्बन्धी फर्जी मुद्दा लगाएर निर्दोष व्यक्तिलाई फसाउने प्रवृत्तिलाई रोक्न महानिरीक्षकलाई आदेश भनेको छ।

आदेशमा भनिएको छ, ‘…लागू औषध फेला परेमा वा बरामद भएमा नष्ट गर्नुपर्ने व्यवस्था भएकोमा प्रस्तुत मुद्दामा बरामद भएको देखाउन प्रयोग भएको लागू औषध प्रहरीको साथमा कहाँबाट के कसरी प्राप्त भएको हो? सो समेत छानविन गरी यस प्रकृतिबाट झुठ्ठा दशी प्रमाण सृजना गर्ने कार्य लाई प्रवृत्तिको रुपमा दोहोरिन नदिन प्रहरी महानिरीक्षकलाई आवश्यक निर्देशन दिन।’

आदेशमा दुई भारतीय नागरिकहरु रमेश शाह र प्रकाश पटेलमाथि फर्जी मुद्दा लगाउने तत्कालीन प्रहरी निरिक्षक रविन्द्रनाथ पौडेल, प्रहरी सहायक निरिक्षक यामबहादुर नेपाली र प्रहरी जवान कपील जोशीमाथि विभागीय कारबाही गर्न आदेश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू