अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

गठबन्धन कांग्रेसका लागि घातक बन्दै गएको कोइराला समूहको निष्कर्ष

बिआरटीनेपाल २०७८ माघ १० गते ७:१२ मा प्रकाशित

नेपाली कांग्रेसको कोइराला समूहका नेताहरूले पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्ष निकालेका छन् । उनीहरुले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी शासन थालेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेता शेखर कोइरालाले आज आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गर्नु भएको थियो । छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी लगायत सहभागी हुनुहुन्थ्यो । छलफलले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नहुने निष्कर्ष निकालेको छ ।

कोइराला पक्षले सभापति देउवा केही सीमित मानिसको साथ लिएर पार्टीभित्र सामान्य छलफल पनि नगरी स्थानीय तहको चुनाव र राष्ट्रिय मुद्दाहरूको विषयमा गठबन्धनभित्रै रुमल्लिएको भन्दै यसबारे उहाँलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । छलफलमा नेता कोइरालाले राष्ट्रिय निर्वाचन सम्मुखमा भए पनि त्यसबारे पार्टीको केन्द्रीय समितिमा छलफल नै नगरी प्रधानमन्त्रीले निर्णय प्रक्रिया अघि बढाउनु विडम्बनापूर्ण भएको बताउनु भएको थियो ।

कोइराला समूहले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णयसमेत गरेको छ । बैठकमा सभापति देउवाले ४० प्रतिशत बढी मतको बेवास्ता गरेको विश्लेषण गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू