अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

भौतिक पूर्वाधार मन्त्री यादवद्वारा आफ्नो विवादास्पद भनाईको बचाउ

बिआरटीनेपाल २०७८ माघ १० गते ६:०७ मा प्रकाशित

जनमत पार्टीका नेता सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि विवादमा पर्नु भएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो बचाउ गर्नु भएको छ ।उहाँले आफूले कसैप्रति हिंसाको प्रयोग गर्नेगरी अभिव्यक्ति नदिएको जिकिर गर्नु भएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै यादवले आफूले कसैलाई उत्तेजित पार्ने अभिव्यक्ति नदिएको प्रष्टीकरण दिनु भएको हो ।

माघ ५ गते रौतहटको गौरमा बलिदानी दिवसका अवसरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै उहाँले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिनु भएको थियो ।त्यसपछि नागरिक समूह, विभिन्न राजनीतिक दलले यादवको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रहसमेत गरिएको छ ।

गौरमा आयोजित सभामा दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले अपब्याख्या गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले सो वक्तव्यलाई अतिरञ्चित नगरिदिन आग्रह गर्दै व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएको भए दुःख व्यक्त गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू