अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

सोमबार शेयर बजारमा भारी गिरावट, नेप्से एकैदिन १०० अंकले घट्यो

बिआरटीनेपाल २०७८ माघ १० गते ५:४५ मा प्रकाशित

सोमबार शेयर बजारमा भारी गिरावट आएको छ। शेयर बजार परिसूचक नेप्से सोमबार एकैदिन १०० अंकले घटेर २ हजार ८२० विन्दुमा ओर्लिएको छ। यो अघिल्लो दिनको तुलनामा ३.४३ प्रतिशत कम हो।सोमबार नेप्सेमा कारोबार भएकामध्ये ८ कम्पनीबाहेक सबैको शेयर मूल्य घटेको छ। विन नेपाल लघुवित्त, बुद्धभूमि हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, गोर्खा फाइनान्स लगायतका कम्पनीको भने शेयर मूल्य बढेको छ।

सबैभन्दा धेरै कर्णाली विकास बैंक, माउन्टेन हाइड्रो, आशा लघुवित्त, ओरेन्टल होटलका लगानीकर्ताले ७ प्रतिशतभन्दा धेरै गुमाएका छन्।बजार घटे पनि कारोबार रकम भने ठूलो छ। सोमबार २२८ कम्पनीका रु ८ अर्ब ८८ करोड मूल्य बराबरका शेयर किनबेच भए।

सबैभन्दा धेरै विकास बैंक समूह ४.५ प्रतिशत, जलविद्युत समूह ४.४५ प्रतिशत, वित्त कम्पनी समूह ४.३ प्रतिशतले घटे। सबै समूहका उपसूचक घटेका छन्।बैंकिङ समूह २.८८ प्रतिशत, जीवन बीमा समूह ३.३७ प्रतिशत, निर्जीवन बीमा समूह ३.७८ प्रतिशतले घटेका छन्।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकममा फेरि चाप बढ्न थालेसँगै लगानीकर्ताको विश्वास धर्मराएको अनुमान गरिएको छ। बैंकिङ प्रणालीमा तरलता केही सहज हुँदै गएसँगै पछिल्ला सातामा नेप्सेमा सुधार आएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू