अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

नेपालले राष्ट्र संघको बैठकमा भन्यो– खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्छ

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:४८ मा प्रकाशित

नेपालले कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा जोड दिएको छ। ‘संयुक्त राष्ट्र संघका महासचिवका सन् २०२२ का प्राथमिकताहरू’ विषयमा राष्ट्रसङ्घीय महासभाको अनौपचारिक बैठकमा नेपालले महामारी पूर्वको अवस्थामा विश्वलाई फर्काउन खोपमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न अपरिहार्य भएको बताएको हो।

बैठकमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभका लागि खोप महत्वपूर्ण रहेको उल्लेख गर्दै संसार धनमा गरिब नभएर नैतीक शक्ति बाँडफाँटको न्यायमा गरिब रहेको बताउनुभयो।

सामाजिक सञ्जालमा राजदूत राईले लेख्नुभएको छ, ‘विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ हासिल गर्न खोपमा न्यायपूर्ण पहुँच महत्वपूर्ण छ, संसार धनमा गरिब छैन तर नैतिक बल बाँडफाँटको न्यायमा गरिब छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू