अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

आईपीएल २०२२ मा १० टिमका महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक,प्रत्येक टिमले ९० करोडसम्म खर्च गर्न पाउने

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:२२ मा प्रकाशित

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आईपीएल २०२२ मा सहभागी १० टिमले आफ्ना महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक गरेका छन् । पुराना ८ र नयाँ २ सहित आईपीएलमा यसपटकदेखि १० टिमको सहभागिता हुने छ । प्रत्येक टिमले ९० करोडसम्म खर्च गर्न पाउने छन् ।

नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनउले पनि तीन–तीन खेलाडी घोषणा गरेसँगै सबै १० टिमले न्यूनतम् खेलाडी रिटेन र रिलिज गरेका छन् । अब हरेक टिमले आफूसँग बचेको रकमबाट आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा हुने मेगा अक्सनमा खेलाडी खरिद गर्ने छन् ।

दुई नयाँ टिमले अक्सन पुलबाट तीन तीन खेलाडी छनोट गर्दा पुरानाले अधिकतम् ४ खेलाडी रिटेन गरेका छन् । जसमा एक–एक जना विदेशी खेलाडी राख्नसक्ने नयाँ प्रावधान छ । १० टिम मध्ये मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, कोलकता नाइटराइडर्स र दिल्ली क्यापिटल्सले चार–चार खेलाडीलाई रिटेन गरेका छन् ।

त्यस्तै हैदराबाद,राजस्थान, बैंग्लोर, अहमदाबाद र लखनउले समान तीन–तीन जना खेलाडी रिटेन गरेका छन् । त्यस्तै पञ्जावले सबै भन्दा कम २ खेलाडीलाई मात्रै रिटेन गरेको छ । आईपीएल २०२२ मा सबै टिमलाई ९० करोड सम्म खर्च गर्न पाउने नियम बनाएको छ । यसमा रिटेन गरिएका खेलाडीलाई दिएको रकम घटाएर बाँकी रहेको रकमका आधारमा फ्रेन्चाइज टिमले अक्सनमार्फत खेलाडी राख्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू