अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

बिआरटीनेपाल २०७८ माघ ७ गते ५:४० मा प्रकाशित

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । विद्यार्थीहरूले शुक्रबार कोटेश्वर, मिनभवन, माइतीघर मण्डलालगायतका स्थानमा पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य वस्तुहरूमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै प्रर्दशन गरेका हुन् ।

त्यस क्रममा उनीहरूले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन् । मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने विद्यार्थीहरूले जनाएका छन् ।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरूको समेत मूल्य वृद्धि भएको भन्दै विद्यार्थीले प्रर्दशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू