अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, स्थायी समितिको बैठक भोली बस्ने

बिआरटीनेपाल २०७८ माघ ७ गते ५:३७ मा प्रकाशित

भोलीका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर बैठक स्थगित गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । तर भोली स्थायी कमिटी बैठक बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरी भोली बिहान साढे ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने माओवादीले जनाएको छ । हालै महाधिवेशनबाट माओवादीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो भने केन्द्रीय कमिटी पनि चयन गरेको थियो । पार्टी पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्ने भने पनि पदाधिकारी चयनमा ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू