अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

मनकामना मन्दिरमा माघ ७ गतेदेखि भक्तजनको प्रवेशमा रोक

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४६ मा प्रकाशित

गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ७ गते शुक्रवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो ।कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङले बताउनुभयो । मनकामना क्षेत्र विकास समितिको बैठकले आगामी शुक्रवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै मन्दिरमा भक्तजनको प्रवेशमा रोक लगाउने निर्णय भएको गुरुङले जानकारी दिनुभयो । बलीपूजा, लाखवत्ति बाल्ने जस्ता धार्मिक कार्यक्रम गर्नका लागि मन्दिरमा नआउन पनि क्षेत्र विकास समितिले भक्तजनलाई आग्रह गरेको छ । मनकामना केबलकार बन्द गर्नेबारे स्थानीय प्रशासन वा केबलकार ब्यवस्थापनले भने कुनै निर्णय गरेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू