अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

काठमाण्डौं उपत्यकामा निषेधाज्ञाको नया नियम जारी, सबै धार्मीकस्थलमा दर्शनार्थीलाई रोक

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४३ मा प्रकाशित

काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका छन् । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि तिनवटै प्रशासन कार्यालयले सवै धार्मिकस्थलमा हुने नित्य पूजा बाहेक अन्य पूजा गर्न रोक लगाएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज नयाँ आदेश जारी गर्दै मन्दिर दर्शन र पूजाआजामा आजदेखि अस्थायी रोक लगाइएको हो । प्रशासनले यो रोक माघ मसान्तसम्म लागू हुने जनाएको छ ।

यस्तै प्रशासनले माघ १५ सम्म लगाएको सबै प्रकारका भेला, सभा, सम्मेलनको प्रतिबन्ध माघ मसान्तसम्म पुर्याएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो। सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ ।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ । सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ । मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू