अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

प्रधानमन्त्री कपको उपाधिका लागि एपीएफ र पुलिस क्लब खेल्ने

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:३४ मा प्रकाशित

प्रधानमन्त्री कप अन्तरगत आज भएको दुईवटा खेलमा नेपाल एपीएफ क्लब र पुलिस क्लब बिजयी हुदै फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा टियु क्रिकेट मैदानमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल अन्तर्गत अर्का विभागिय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

भोली हुने फाइनल खेलमा एपीएफले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रनमा सिमित भएपछि पुलिसको जित सुनिश्चित गरेको हो । एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी १ सय ८३ रनमै सिमित भएपछि पुलिसले जित सुनिश्चीत गरेको हो ।

प्रतिक्रिया