अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

गण्डकी प्रदेशमा थप ६२६ जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:२८ मा प्रकाशित

गण्डकी प्रदेशमा थप ६२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएको छ । एक हप्ताको तथ्याङ्क हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये कास्कीको पोखरामा धेरै संक्रमित भेटिएका छन् ।

प्रदेशमा देखिएका ६२६ संक्रमितमध्ये कास्कीका मात्र ३४७ जना रहेका छन । त्यसैगरी लमजुङ ५०, तनहँु ४१, पर्वतमा ७, बागलुङ ३८, स्याङजा ६९, म्याग्दी २५, मुस्ताङ १,गोरखा २२ र नवलपरासी पूर्वमा २६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ९० हजार २९ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौविस घण्टामा थप १६ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार १०७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू