अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

गण्डकी प्रदेशमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ माघ ३ गते ६:३३ मा प्रकाशित

गण्डकी प्रदेशमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएको छ । गत सोमबार प्रदेशका विभिन्न जिल्लामा ७० जना मात्र संक्रमित देखिएकोमा मंगलबार ११४, बुधबार १२१, बिहिबार १६५ शुक्रबार १८६, शनिबार २०६ आइतबार २१३ र आज सोमबार ३७८ जनामा संक्रमण देखिएको हो ।

एक हप्ताको तथ्याङ्क हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये कास्कीको पोखरा रेड जोन बनेको छ । प्रदेशमा देखिएका ३७८ संक्रमितमध्ये कास्कीका मात्र १८६ जना रहेका छन् । त्यसैगरी लमजुङ ४, तनहुँ ३१, पर्वतमा ३, बागलुङ ९, स्याङजा ६३, म्याग्दी २, मुस्ताङ १,गोरखा ४५, र नवलपरासी पूर्वमा ३४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ९० हजार २९ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप २२ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ९१ पुगेको छ । प्रदेशमा हालसम्म ३ लाख ६० हजार ८५१ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १ हजार ५१० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १ हजार ४६५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया