सरकारले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको करार अवधि तीन महिनासम्म थप गर्न सकिने निर्णय गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार रिक्त भएको पदमा तीन महिनाकोबढीमा तीन महिनाका लागि करार अवधि थप गर्नसक्ने निर्णय गरेको हो ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी÷कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्न सकिने नेपाल सरकार (सचिवस्तर)को निर्णयानुसार अनुरोध छ ।’
कोरोना संक्रमण बढेसँगै सरकारले स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि थप्नसक्ने निर्णय गरको हो । यसअघि पनि कोरोना बढेको समयमा सरकारले करारमा कर्मचारी नियुक्ति गरेको थियो ।