अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

नेपाली परम्परागत गहनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्छ – गृहमन्त्री खाँण

बिआरटीनेपाल २०७८ पुष २८ गते ६:४३ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको छ ।गृह मन्त्रालयमा बुधबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै खाँणले परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको हो ।

नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा आयात गर्नु परेको भएपनि मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उहाँको भनाइ छ ।

खाँणले नेपालमै गहना निर्माण गर्नसके रोजगारी बढ्ने बताउनुभयो । उहाँले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू