अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

सभापति देउवाले पार्टीमा आफूखुसी गरेको नेता कोइरालाको आरोप

बिआरटीनेपाल २०७८ पुष २४ गते ६:२१ मा प्रकाशित

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीमा आफूखुशी काम गर्न खोजेको आरोप लगाउदै यस्तै गर्दै गए आगामी चुनावमा हार बेहोर्नुपर्ने चेतावनी दिनुभएको छ । आज सुनसरीमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले सभापतिले पार्टीको विधानलाई आफूखुशी प्रयोग गरेर केन्द्रीय सदस्य मनोनित गरेको आरोप लगाउनुभयो । सभापति देउवाले आफू निकट व्यक्तिहरूलाई मात्रै मनोनयन गरेको आरोप नेता कोइरालाले लगाउदै आउनुभएको छ ।

सभापति देउवा आफूखुशी अघि बढे पार्टी दुर्घटनामा जाने भन्दै नेता कोइरालाले त्यसको दोष कसले लिने ? भन्दै प्रश्न गर्नुभएको थियो । नेता कोइरालाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी बारे फैलिएको भ्रम चिर्न संसदमा छलफल गर्नुपर्ने धारणा राख्नुभयो । काँग्रेसको १४ औ महाधिवेशनमा कोइराला सभापति देउवासँग सभापतिमा पराजित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू